दाङ, २८ बैशाख ।
नेकपा एकिकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख दिपक कुमालले पाटी परित्यागको घोषणा गर्नुभएको छ । कुमालले बिहिबार एक विज्ञप्ती जारी गरी पाटीको साधारण सदस्य समेत नरहने गरी पाटी परित्यागको घोषणा गर्नुभएको हो ।
नेकपा एसका जिल्ला सचिवालय सदस्य समेत रहेका कुमालले आजैका मितिबाट पाटी छोडेको घोषणा गर्नुभएको हो । नेकपा एसमा स्थापनाकाल देखि नै रहेका कुमाल गतवर्षको स्थानीय तहको चुनावपछि पछिल्लो समय निस्क्रिय बन्नुभएको थियो ।
उहाँले सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै अब पाटीमा नरहेको स्पष्ट पार्नुभएको छ । नेकपा एसको पाटी सदस्यता समेत त्याग गरेपछि कुमालले अब स्वतन्त्र रहने वा अरु पाटीमा प्रवेश गर्ने केहि खुलाउनुभएको छैन् ।
प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार