२०८१ असार ४ गते मङ्गलवार

भ्रष्टाचार विरुद्ध रास्वपाको समर्थन सभा



दाङ, ३१ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तुलसीपुरमा भ्रष्टाचार विरुद्ध सरकारले चालेको कदमको समर्थन गर्दै सभा गरेको छ । सभामा पार्टीका केन्द्रीय सदस्य कमल सुवेदीले सरकारले गरेको यो काम सकारात्मक भएको भन्दै यसमा पछि हट्न नहुँने बताउनुभयो ।

सरकारको यो कदममा आम देशवासीले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । मुलुकको हितकालागि चालिएको यो कमदले मुलुकलाई समृद्ध बनाउन मद्धत पुग्ने पार्टीका पार्टीका जिल्ला संयोजक भक्तबहादुर डाँगीले बताउनुभयो ।

मुलुकमा भ्रष्टाचारको जालोले घेरेको अबस्थामा यो कदमले समृद्ध समाज निर्माणकालागि धेरै सहयोग पुग्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार