२०८१ माघ ४ गते शुक्रवार

दाङमा १२ हजार बढी घरपरिवार विद्युतको पहुँच बाहिर



दाङ, १३ जेठ ।
दाङमा अझै पनि करिब ८ प्रतिशत घरपरिवार विद्युतको पहुँचबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार १२ हजार ७ सय ६६ अर्थात ७ दशमलव ९ प्रतिशत परिवार विद्युतको पहुँच बाहिर रहेका हुन् ।

दाङका ९२ दशमलव १ प्रतिशत अर्थात १ लाख ४९ हजार ५ सयको घरमा विद्युतको पहुँच पुगेको तथ्यांकले देखाएको छ । जिल्लामा बाँकी ७ दशमलव ९ प्रतिशत परिवारले उज्यालोका लागि सोलार, मट्टितेल, बायोग्याँस र झर्को प्रयोग गरेका छन् ।

जिल्लामा १० हजार २४३ घर परिवार अर्थात ६ दशमलव ३ प्रतिशतले सोलार प्रयोग गर्ने गरेका छन् । यस्तै १ हजार ११ घर परिवार अर्थात शून्य दशमलव ६ प्रतिशतले मट्टितेल, १ हजार ४ सय ५१ अर्थात शून्य दशमलव ९ प्रतिशतले झर्कोको प्रयोग गरी उज्याले बनाउने गरेका छन् भने ४ सय ४० घर परिवार अर्थात ० दशमलव ०४ प्रतिशतले बायोग्याँस प्रयोग गर्ने गरेका छन् ।।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार