२०८१ जेष्ठ १६ गते बुधवार

पौडेल वंश महासंघको उपाध्यक्षमा बिष्णा पौडेल चयन



तुलसीपुर, २७ जेठ ।
पौडेल वंश महासंघ तुलसीपुरको उपाध्यक्षमा बिष्णा पौडेल चयन हुनु भएको छ । गएको जेठ १३ गते तुलसीपुरमा सम्पन्न भेलाले उपाध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत पदाधिकारी चयन गरिएको थियो ।

तुलसीपुरमा आज (शनिबार) बसेको कार्यसमितिको पहिलो बैठकबाट उपाध्यक्षमा बिष्णा पौडेललाई चयन गरिएको हो । तुलसीपुर नगर समिति अध्यक्ष कालिका प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्य गरेको छ ।

सल्लाहकारहरुमा शंकरप्रसाद पौडेल, हरिहर पौडेल र ऋषिराज पौडेललाई चयन गरिएको छ । महासंघले केन्द्रको विधान अध्ययन गरी नगरको विधान तयार गर्नका लागि अध्यक्ष कालिका प्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय विधान अध्ययन समिति चयन गरिएको छ ।

विधान अध्ययन समितिको सदस्यमा दिपक पौडेल, हरिहर पौडेल, शंकरप्रसाद पौडेल र टिकाराम पौडेललाई जिम्मेवारी प्रदान गरिएकोे सचिव बसन्त पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार