२०८० फाल्गुन १३ गते आइतवार

नवजागरण महिला तथा बाल संरक्षण केन्द्रकाे तयारी बैठक सम्पन्न



दाङ,३ असार।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसीपीसी) को पुर्व तयारी वैठक आज शनीवार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले नमुना महिला सांसद पुर्नगठनका लागि पुर्व तयारी गर्ने सम्वन्धमा छलफल गरेको छ ।

जसका लागि क्षेत्रगत तहमा रहने गरि महिलाहरुको कमीटि निर्माण गरेको छ । आजको छलफलले महिलाहरुको शसक्तिकरणका लागि विविध कार्यक्रम संचालन गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्नेगरि अगाडि बढ्ने निष्कर्ष निकालेको छ । जसका लागि न्युसीपीसी संग जोडिएर काम गरीरहनुभएका महिला नेतृहरुलाई जिम्मेवार दिने भएको छ ।

जसअन्र्तगत क्षेत्र न. १ मा मिना गुरुङ्ग, धनपती यादव, सावीत्रा गहतराज, लीला शाह, लक्ष्मी योगी लगाएतका रहनुभएको छ । यस्तै क्षेत्र न. २ मा हुमा डी.सी, लक्ष्मी आचार्य, अनीता पोख्रेल, सुसीला पौडेल, निर्मला सुवेदि लगाएतका रहनु भएको छ । त्यस्तै क्षेत्र न. ३ मा सिमा न्यौपाने, शुष्मा गीरी, सावित्रा विश्वकर्मा, शुसीला न्यौपाने,स्यानी चौधरी, युवा करारा,सितारा नेपाली,यमुना परियार, पद्मा चौधरी, जानका रेग्मी, देवीका नेपाली, निर्मला कार्की, अनारकली मिया, माया आचार्य, रुपा राणा लगाएतका रहनुभएको छ । यस्तै सहजकर्ताको रुपमा माया श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै कार्यक्रम पुर्व तयारीका लागि असार १२ गते बैठक बस्ने निर्णय गरेको छ ।

महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दै आएको न्युसीपीसीले आगामी दिनमा स्थानीय तह , विभीन्न संघसस्ंथा संग समन्वय र सहकार्य गर्दै काम गर्ने योजना अघि सारेको छ । न्युसीपीसी का अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा बसेको बैठकको शहजीकरण महासचिव नानीमैया वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार