दाङ,१३ साउन ।
देउखुरी लघुवित्त कर्मचारी मञ्चले शितगङगा -८ सातमारा मा अबस्थित जडिबुटी पार्कमा बृक्षारोपण गरेको छ ।मन्चका अध्यक्ष तथा नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा जाबुने पानी सामुदायिक वनका अध्यक्ष प्रेम खनालको प्रमुख आथित्यता कार्यक्रम भएको हो ।
बृक्षारोपण दकार्यक्रममा दाल चिनी,अमला ,टिमुर,हरोबरो,श्रीखण्ड , धुपि र विभिन्न प्रजातिका फुल गरि ७० वटा बिरुवाहरु रोपिएको थियो । मन्चले देउखुरी क्षेत्रमा हरेक महिना विभिन्न कार्यक्रम गर्दै आइरहेको यस महिना बृक्षारोपण कार्यक्रम गरेको मन्चका अध्यक्ष केशबराज पोख्रेलले बताउनुभयो ।
जाबुने पानी सामुदायिक वनको समन्वय तथा नेशनल , छिमेक ,आत्मनिर्भर ,आरम्भचौतारी ,स्वाभिमान,उपकार,धौलागिरी ,लक्ष्मी ,सुर्योदयवोमी,मनकामना स्मार्ट ,उन्नती सहकार्य ,किसान,फरवार्ड ,इन्फिनिटि, एन.आइ.सि.,आशा,गणपति लघुबित्तहरुको उपस्थिति मा कार्यक्रम समापन भयको थियो । कार्यकर्मको सहजीकरण मन्चका सचिब उन्नति सहकार्य लघुबित्तका शाखा प्रमुख सन्तोष पौडेल ले गर्नुभएको थियो।
बृक्षारोपण कार्यक्रममा वन कार्यालयका कर्मचारी मिलन खनाल सहित मञ्चका ३० जना बढिको सहभागीता रहेको थियो ।