दाङ, १५ साउन ।
आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निणर्य गरेको छ ।
साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निणर्य गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ ।
वर्षा सुरु भएदेखि नैं खेतीपातीमा व्यस्त हुने किसानहरुलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।
डेरी व्यवसायीका अनुसार साउन १५ मा अन्य दिनको तुलनामा ४र५ गुणा बढी दुधको कारोबार हुने गरेको छ । आज दुधको माग बढी हुँदा अभाव हुने गरेको छ ।