२०८१ माघ १० गते बिहिवार

गढवा गाउँपालिकामा बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध



गढवा, ३ भदौ ।
दाङको गढवा गाउँपालिकाले पालिका भित्रका कुनैपनि बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध लगाएको छ।

गढवा गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गढवा गाउँपालिका क्षेत्र भित्र रहेका हुलाकी सडक खण्ड, लमही कोईलाबास सडक खण्ड र यी सडक संग जोडिएका अन्य सहायक सडकहरुमा घर पालुवा पशु चौपायाहरु सडक क्षेत्रभित्र नबाँध्न सचेत गराएकाे छ।

सूचना प्रकाशित पश्चात पनि अटेरगरि बाटोमा पशु चौपाया बाँधेको पाईए प्रचलित कानून बमोजिम कार्वाही गरिने पालिकाले जनाएकाे छ।

पशुचौपाया बाटोमा बाँध्ने गरेकोले सवारी आवागमन प्रभावित हुने र दुर्घट्ना हुन सक्ने भएकोले घरपलुवा पशुचौपाया जथाभावी नछाड्न र बाटोमा बाँध्न प्रतिबन्ध लगाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको बिभिन्न स्थानमा पशुचौपाया बाटोमा बाध्ने गरेको जनगुनासो आएपछी यस्ताे निर्णय गरीएकाे हाे।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार