२०८१ साउन ८ गते बुधवार

रक्सी खान नपाईने



रोल्पा, १० भदौ ।

रोल्पामा एक वडाले मदिरा सेवन र बिक्रिवितरणमा रोक लगाएको छ । लुंग्री गाउँपालिका वडा नम्बर ४ ले वडामा मदिरा सेवन, बिक्रिवितरणसंगै जुवातास खेल्नमा रोक लगाएको हो ।

वडाले एक सुचना जारी गरी वडामा जाँडरक्सि सेवन र बिक्रिवितरणमा रोक लगाएको हो । जारी सुचनामा जाँड रक्सी खानेलाई २५ हजार रुपैँया जरिवाना गर्ने उल्लेख छ । यस्तै मदिरा बिक्रिवितरण गर्नेलाई ५ हजार जरिवाना तोकिएको छ ।

यस्तै जुवातास खेल्ने र खेलाउनेलाई २५ हजार रुपैँया जरिवाना गरिने भएको छ । मदिरा सेवन र बिक्रिवितरणसंगै जुवातास खेल्ने र खेलाउनेलाई प्रशासनको जिम्मा लगाउने वडाले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार