२०८१ मङ्सिर २३ गते आइतवार

दाङ क्षेत्र नं. ३ (२) काँग्रेसको प्रवक्तामा के.सी



दाङ,भदौ ११ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (२) को प्रवक्तामा केशवराज केसी चयन हुनुभएको छ। आज (सोमवार) काँग्रेस दाङ क्षेत्र नम्बर ३ (२) का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकले केसीलाई प्रबक्ताको जिम्मेवारी तोकेको हो ।

केसीलाई प्रबक्तामा मनोनित गरिएको क्षेत्रीय पार्टी सचिव भद्रबहादुर खड्काले जानकारी दिनुभयो । बैठकले ७ जना क्षेत्रीय प्रतिनिधिका रुपमा चयन गरेको छ ।

जसमा बबई– ७ का अम्मर बुढा, बबई– २ का मञ्जु वली, बबई– ४ का बिनबहादुर नेपाली र प्रेमलाल खत्री शान्तिनगर ३ का पशुपति घर्ती , दंगीशरण ६ की सर्मिला घर्ती र तुलसीपुर– २ का लिलाराम न्यौपाने रहनुभएको छ।

त्यस्तै तुलसीपुर– २ का ढुण्डीराज न्यौपाने, तुलसीपुर– ११ का केशव केसी, शान्तिनगर –२ का लिलधर वली , दंगीशरण–४ का प्रवल विष्ट, बबई– ७ का अम्मर बुढा, दंगीशरण– १ का मोहन चौधरी , तुलसीपुर– ११ का चुडामणी ढकाल, बबई– २ का चिन्तामणी शर्मा ,शान्तिनगर –३ का नन्दुलाल पाण्डे, तुलसीपुर – १० का धुर्व शाह, दंगीशरण– ७ का हर्कबहादुर बुढाथोकी, बबई– ७ का रुद्रबहादुर डाँगी, शान्तिनगर–३ का सिला पोखरेललाई सल्लाहकारमा चयन गरिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार