
दाङ, १५ भदौ ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर ३ मा रहेको दमारगाउँ चर्चको बुधबार प्रथम साधारणसभा हुने भएको छ । चर्चले विभिन्न कार्यक्रम गरेर प्रथम साधारण सभा गर्न लागेको हो ।
प्रथम साधारण सभाको अवसरमा चर्च भवन दमारगाउँमा शनिबार (भोलि) रक्तदान कार्यक्रमको आयोजना गरेको चर्चका पाष्टर टोप बहादुर महताराले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा सहभागीताका लागि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।
आस्थाको हिसावले धर्म फरक(फरक भएपनि मानविय धर्म नै मूख्य धर्म रहेको भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यस्तै भदौ १९ गते दमारगाउँ फुटबल मैदानमा छुटकारा र चंगाई कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस कार्यक्रममा प्रमुख वक्ताको रुपमा ग्रावियल अधिकारी आउनुहुने भएको छ । यसैगरी बुधबार बिहान ११ बजे चर्च भवनमा प्रथम साधारणसभा हुने चर्चका सचिव सावित्रा विकले जानकारी दिनुभयो ।