२०८१ असार १ गते शुक्रवार

जन्माष्टमीमा तुलसीपुर ७ बेत्राबतिमा राधाकृष्ण मूर्ति स्थापना



दाङ, २० भदौ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा तुलसीपुर ७ बेत्राबतिको शिव मन्दिरमा राधाकृष्णको मूर्ति स्थापना गरिएको छ । तुलसीपुर ७ का स्थानीय तिर्थराज पोखरेलको व्यक्तिगत लगानीमा राधाकृष्णको मूर्ति स्थापना गरिएको हो ।

त्यसअबसरमा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले मन्दिर स्थापना काल देखि नै आफु सक्रिय भएर मन्दिर व्यवस्थापनमा लागेको बताउनुभयो । उहाँले जनप्रतिनिधि भएदेखि वडाले समेत बजेट छुट्याएर मन्दिर निर्माणमा लगानी गरेको बताउनुभयो ।

मन्दिरको व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले समेत बजेट उपलब्ध गराएको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जग्गा दाता तथा मूर्ति स्थापना गरेका तिर्थराज पोखरेलले आफुले पूण्यको काम गरेको बताउनुभयो ।

यस्तै अर्का जग्गादाता श्रीधर पौडेलले समाजमा शान्ती स्थापना गर्नका लागि मन्दिरले पनि भुमिका खेल्ने भन्दै कसैमा नराम्रो सोच उत्पन्न नहोस भन्ने उद्देश्यले मसानघाट छेउमै मन्दिर बनाएको बताउनुभयो ।

यस्तै मन्दिर व्यवस्थापन समितिका सल्लाहकार निमप्रसाद रिजालले मन्दिरलाई व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकीय धार्मिक क्षेत्र बनाउने बताउनुभयो । त्यस अवसरमा सचिव युवराज पौडेलले मन्दिर राम्रो बनाउने गरि काम गरेको र थुप्रै योजनाका साथ अगाडी बढेको बताउनु भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद भुषालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण समितिका उपाध्यक्ष श्रीधर पौडेलले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार