२०८१ साउन ८ गते बुधवार

खाद्रेमा लाखेनाच आजदेखी समापन



दाङ, २२ भदौ ।
खाद्रे लाखे नाँच समूहले आज लाखे नाँचको समापन गरेको छ । हराउँदै गएको लाखे नाँचको संरक्षणमा जुटेका तुलसीपुर ४ खाद्रेका युवाहरुले आज एक कार्यक्रमको आयोजना गरी लाखे नाँचको समापन गरेका हुन् ।

तुलसीपुर ४ खाद्रेमा रहेको जनश्रम माद्यामिक विद्यालयको खेल मैदानमा कार्यक्रम भएको हो । समापन कार्यक्रममा भोटे जात्रा, गाइजात्रा, लाखे नाँच, ढोटा नाँच प्रस्तुत गरिएको विगत लामो समयदेखि चल्दै आएको यो पर्वमा हरेक वर्ष नाच्दै आएका समूहका अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो ।

पछिल्लो समय लाखे नाँच प्रति युवा पुस्ताहरुको चासो बढेको उहाँको भनाई छ । हराउदै गएको संकृतिलाई संरक्षण गर्न युवा पुस्ताहरु लाग्नु खुसीको कुरा हो उहाँले भन्नुभयो ।।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार