
सल्यान,२६ असोज ।
सल्यानको कपुरकोट गाउँपालिकामा रहेका सरकारी,गैर सरकारी तथा बिभिन्न संघ संस्था कार्यालयको बिचमा शुभकामना आदान प्रदान गरिएको छ ।
कपुरकोट गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र कार्य क्षेत्र बनाएर कपुरकोटका नागरिकसंग प्रत्यक्ष जोडिएका कार्यालयका बिच बिजया दशमी तथा शुभ दिपावली २०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिका भित्र रहेका सम्पूणर् कार्यालयका बिचमा आपसी समन्वय हुनु पर्ने बताउनु भयो । जसले गर्दा गाउँपालिकाले चलाएको विभिन्न अभियानलाई सफल बनाउन महत्वपूणर् सहयोग पुग्ने पुनले बताउनु भयो ।
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका पुनले कपुरकोटमा स्थापना भएका कार्यालयहरुको काम नागरिक समक्ष आ(आफ्ना सेवा प्रबाह गर्ने रहेकाले एकले प्रबाह गरेको सेवाको बारेमा अर्कोले थाहा पाउँदा नागरिकलाई दिइने सेवा नदोहोरिने बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटमा सञ्चालित कार्यालयहरुले नागरिकको पिर मर्का बुझ्नु पर्ने बताउनु भयो । उहांले नागरिकहरुकै सहभागिता र सहयोगमा कार्यालयहरु खुल्न सफल भएकाले उनीहरुको सुखःदुख र भावना अनुरुप काम गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाले २०८० लाई जागरण बर्षका रुपमा अघि बढाएकाले यसलाई सफल बनाउनका लागि सहयोग गर्न सबै कार्यालयहरुलाई अनुरोध गर्नु भयो ।
कपुरकोट गाउँपालिकालाई सेवा क्षेत्र बनाएर सरकारी,गैर सरकारी,सहकारी,लघुबित्त तथा सञ्चार माध्यम गरी ३६ वटा कार्यालयहरुले नागरिकसंग जोडिएर प्रत्यक्ष काम गरी रहेका छन् । सबै कार्यालयलाई समन्वय गर्ने उदेश्यले पालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली अध्यक्ष रहेका ९ सदस्सीय कपुरकोट मिलन केन्द्र समेत गठन गरिएको छ ।
आज गठित मिलन केन्द्रको उपाध्यक्षमा बनस्पति अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा।मित्र पाठक,सचिबमा अदुवाबाली अनुसन्धान केन्द्रका दल बहादुर के।सी,कोषध्यक्षमा चेतना सहकारीका रिना भडेल,सहसचिबमा नेपाल स्काउटका हिमा डांगी तथा अन्य सदस्य रहनु भएको छ भने संरक्षकमा पालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारी रहनु भएको छ ॥