२०८१ असोज १९ गते शनिवार

जेष्ठ नागरिक समाजको १८ औं वार्षिक साधारणसभा



दाङ, २९ असोज ।
जेष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । जेष्ठ नागरिक अनुभवका खानी र घरको बलियो खम्बा भएकाले यिनको स्याहार सुसार गर्नुपर्ने उनिहरुको भनाइ छ ।

वृद्ध सेवा समिति जेष्ठ नागरिक समाजको १८ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताले यस्तो बताएका हुन् । त्यस अवसरमा जेष्ठ नागरिक संघ दाङका अध्यक्ष डाक्टर भोलानाथ योगीले जेष्ठ नागरिक देशका धरोहर रहेको बताउनु भएको छ ।

जेष्ठ नागरिक सम्मानजनक ब्यक्तित्व भएको भन्दै उनिहरुको सरल जीवन बाच्न पाउने अधिकार निर्वाह गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो । जेष्ठ नागरिकलाई माया प्रेम गरेर बाच्दासम्म राम्रो ब्यबहार गर्न सम्पूणर् छोरा बुहारीलाई आग्रह गर्नु भएको छ ।

संस्थाका सल्लाहकार सुष्मा लामिछानेले जेष्ठ नागरिक देशका गहना भएकाले उनिहरुलाई अपमान र हेला गर्न नहुने बताउनुभयो ।

जेष्ठ नागरिकको हेरचाह, देन र छत्र छायाले नै नयाँ पुस्ताको सुरुवात भएको उहाँको भनाइ छ । छोराछोरीको निम्ती आफ्नो जीवन रित्याएका बुवा आमालाई बुढेसकालमा सम्मानका साथ पाल्नुपर्ने छोराछोरीको कर्तव्य भएको भन्दै हेला गर्न नहुने बताउनुभयो ।

पछिल्लो समय छोरा बुहारीले बुवा आमालाई घर निकाला गर्ने, अपहेलाना गरेर सडकमा पुर्‍याउने काम गरेको भन्दै यस्ता काम बन्द गर्न हरेक सन्तानले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

यस्तै आजीवन सदस्य बिक्रमबहादुर सोमै, निवृत्त सेवा समाजका अध्यक्ष निमाकान्त ढकाल, दाङ साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर र जेष्ठ नागरिक नगर संजालका अध्यक्ष पूणर्बहादुर खड्का लगायतले वृद्धवृद्धालाई माया गर्नुपर्ने बताउनुभयो ।

जेष्ठ नागरिकका हकहितका लागि बनेका कानुन कार्यन्वयन गर्न तिन तहका सरकारले महत्वपूणर् भुमिका खेल्नुपर्ने बताउनुभयो । त्यस अबसरमा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव राधेश्याम उपाध्यायले प्रस्तुत गर्नु भएको हो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष झग्गुप्रसाद गौतमले प्रस्तुत गर्नु भएको हो ।

वृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी अध्यक्षता तथा जेष्ठ नागरिक संघ दाङका अध्यक्ष डाक्टर भोलानाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समाजका उपाध्यक्ष गोपालप्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव इन्द्रबहादुर बुढाथोकीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार