दाङ,७ मंसिर ।
निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मिति सरकारलाई प्रस्ताव गरेको छ । आज आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिनुभयो । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य २० जनाको पदावधि सकिँदैछ । त्यसको ३५ दन अगावै अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।।
प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार