२०८१ जेष्ठ १६ गते बुधवार

समाजसेवी उपेन्द्र पौडेलको पहलमा भूकम्प प्रभावितका लागि राहत संकलन



दाङ, ७ मंसिर ।
भूकम्प प्रभावितका लागि दाङमा युवाहरुले राहत संकलन गरेका छन् । तुलसीपुर-७ जितपुर निवासी सामाजिक अभियान्ता उपेन्द्र पौडेलको नेतृत्वमा धार्मिक युवा समुहले भूकम्प प्रभावितका लागि राहत संकलन गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तुलसीपुर चोकमा दानपेटीका मार्फत र विभिन्न दाताहरुमार्फत संकलन गरी भूकम्प प्रभावितका लागि रकम संकलन गरिएको हो ।

दान पेटिकामार्फत संकलन भएको ४ हजार ६६० र विभिन्न दाताहरुबाट ६ हजार ४५५ गरी ११ हजार ११५ रुपैँया राहत संकलन कोषमा जम्मा गरिएको अभियान्ता पौडेलले बताउनुभयो । कोषमा रकम जम्मा गरिएको भौचर जिल्ला प्रशासन कार्यालय र घोराही(१५ लाई बुझाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार