२०८१ मङ्सिर २४ गते सोमवार

आँसुको खबर 



दाङ,१० मंसिर ।

धेरै भयो
तिमीबाट बेखबर भएको
हुन त आफ्नै खबरसँग बेखबर छु
के सुन्नु तिम्रो खबर ?
सुनेर पनि के गर्नुर ?
बुझे पो यो रनभुल्ल मस्तिष्कले
प्रदेसीयपछि कम सुन्ने, कम सुनाउने भइदो रहेछ

धेरैपछि निद्रालाई थोरै पछाडि धकेलेरै
सुन्न मन लागेको छ
तिम्रो आयुको खबर
आँसुको खबर

उहिल्यै बडेमान काँडाले घोचेका डोब केही बिसेक भए की झन् थपिए
बल्झिरहने मनको घाँउ निको भयो कि झन् बढेको छ
उहिले तिमीसँगै हुँदा आफ्नै आँखाले देखेथें
थामिनसक्नु पिडाको भारी

अहिले त सुन्दिनँ
घाँस काट्दा हसियाले औँला रेटिएका
भारीसँगै चिप्लिएर लडिएका
जुकाले कति रगत पियो तिम्रो सुकेको शरीराबाट
पानी पधेँरो गर्दा ढाड दुख्दैन र पहिलाजस्तो ?

दुईको जीम्मेवारी एक्लैले बोकी हिडेकी छौ
लाग्दैन अब त बिसाउँ जस्तो
के ले बनेको छ त्यो शरीर
जसलाई थकाइ लाग्दैन
किन तिम्रो शरीर गल्दैन
किन तिमीलाई विश्राम आवस्यक लाग्दैन
मलाई जस्तो
किन तिमीलाई आफ्नै खुसी खोज्ने रहर जाग्दैन

तिम्रा विवशताका कथा सुनाउन
के ले बाँधेको छ यसरी ?
तिम्रा ओठहरुलाई
जो हाँस्न डराइरहेछन् बन्धक जसरी

म प्रदेश पसेपछी सुनाउनै छाड्यौ
शरीरको दुखसास्ती
मनको दुखपिर
आज त सुनाउन आमा
कंक्रीटको छानो बदल्ने अभिलाषा जीजीविषा अझैँ छ कि ढलीसक्यो

दिनहुँ बढेको मेरो व्यस्तताले
तिमीसँग बोल्न नपाउदा दुखेको चित्त
तिम्रो ओठमा देखिएको सानो खुसीको धर्साभित्रको
विशाल पिरको पोको

गहिरो समुन्द्रको तालजसरी आँखाभरि भरिएको आँशु
खसाल न मेरै अघिल्तिर
अँ अब त
मलाईपनि सिकाइदेउ न
निस्सासीएर कसरी जोगाउने अस्तीत्व

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार