२०८१ माघ ६ गते आइतवार

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ बाट दाङका नारायण विक फोटोग्राफी विधातर्फ पुरस्कृत



तुलसीपुर, १६ जेठ ।
तुलसीपुरमा रहेको रोज डिजिटल फोटो एण्ड आर्टका सञ्चालक नारायण विक ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ बाट फोटोग्राफी विधातर्फ पुरस्कृत हुनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्धारा आयोजित लुम्बिनी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ बाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ का लागि छनोट भई वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला अन्तर्गतको फोटोग्राफी विधातर्फ विक ३० हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत हुनुभएको हो ।

उहाँले छनोटका लागि गत फागुण १० गने फाराम भरेको बताउनुभयो । सोही अनुसार छनोट भई फोटोग्राफी विधातर्फ लुम्बिनी प्रदेशबाट पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो ।

तुलसीपुर-५ सम्झना टोलका विक विगत एक दशकदेखि तुलसीपुरमा रहेको रोज डिजिटल फोटो एण्ड आर्ट सञ्चाल गदै आउनुभएको छ । उहाँले फोटोग्रफी, भिडियो, डकुमेन्ट्री बनाउँदै आउनुभएको छ ॥

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार