२०८१ असोज १८ गते शुक्रवार

´कज्वेमा धेरै बाइक र साइकल  पल्टेको आफ्नै आँखाले देखेपछि`



तुलसीपुर, १४ मंसिर । 

सेतो हाफ पाइन्ट । अलि अलि फूल्न लागेको दाह्री । रातो टिसर्टमा सजिएका युवक  पर्सेनी-खाद्रे सडकखण्ड अन्तर्गत पर्ने बेतन्ने खोलामा बिहिबार दिउँसो लेउ फाल्दै गरेका भेटिए।

उनी थिए, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर निवासी उपेन्द्र पौडेल । पौडेलले खोलामा लेउ फाल्दै गरेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्थ्यो । तर उनले गरेको काम निकै प्रशंसायोग्य छ ।

लामो समयदेखि सामाजिक काममा रहेका पौडेलले बिहिबार खोलाको लेउ फाल्न व्यस्त भए । खोलामा पुल नहुँदा कच्वे निर्माण गरिएको छ ।

कच्वेमा पनि लेउ बढेर सवारी साधन दुर्घटनाको जोखिम बढेपछि पौडेल एक्लैले खोलाको लेउ फालेर सफा गरेका छन् । ‘कज्वेमा धेरै बाइक, साइकल  पल्टेको आफ्नै आँखाले देखे । ’ उनले भने-‘दुर्घटनाको जोखिम बढेपछि हार्डवयर पसलमा गएर  लेउ फाल्ने औजार किनेर ल्याएको थिएँ ।’

खोलामा पुल नहुँदा समस्या हुने गरेको छ । ‘हिउँदमा खोलामा लागेर दुर्घटनाको जोखिम हुन्छ ।’ उनले भने-‘वर्षाको समयमा झनै समस्या हुन्छ ।

कोरोना महामारी देखि नै पौडेल समाज सेवामा बढी ब्यस्त देखिन्छन् ।  कहिले ब्यक्तिगत सेवा त कहिले दान पेटिका राखि   भुकम्प पिडितलाई सहयोग गरिराखेका छन् । सामाजिक  असल कार्यमा उनि कसैको बाटो नै हेर्दैनन् , कार्यमा होमिहाल्छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार