२०८० फाल्गुन १३ गते आइतवार

तुलसीपुरमा पौडेल बन्धुकाे तथ्याङ्क संकलन गरिदै



तुलसीपुर, १६ मंसिर ।
तुलसीपुरमा पौडेल बंशहरुको तथ्यांक  संकलन गरिने भएको छ । पौडेल वंश महासंघ तुलसीपुरले तुलसीपुर क्षेत्रमा बसोबास गर्ने पौडेलहरुको नामावली संकलन गर्ने भएको हो ।

आगामी पौष २७ र २८ गते हुने पौडेल वंश महासंघको केन्द्रीय अधिवेशनको तयारी स्वरुप पौडेलहरुको नामावली संकलन गरिने महासंघ तुलसीपुरका अध्यक्ष कालिका प्रसाद पौडेलले जानकारी दिनुभयो ।

तुलसीपुरका १९ वटै वडामा रहेका पौडेल बन्धुहरुको कुलपुजा समितिलाई नामावली उपलब्ध गराउन अनुरोध गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यस्तै केन्द्रिय अधिवेशन तयारीका लागि पौषको दोस्रो साता तुलसीपुरमा बृहत भेला गर्ने गर्ने गरिने सचिव बसन्त पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार