दाङ, १६ पुस ।
दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ ले वडाभित्रका बिभिन्न समुहहरुलाइ मनोरञ्जनका सामाग्रीहरु वितरण गरेको छ ।
वडाले आज एक कार्यक्रमको आयोजना गरी वडाभित्रका बिभिन्न समुहहरुलाइ मादल,गुन्योचोलि,डेग स्पिकर,झ्यालि लगायतका सामाग्री बितरण गरेको हो । कार्यक्रममा थारु नाचमा प्रयोग गरीने ९ जोडी गुन्योचोली,९ वटा मादल,एक थान डेग स्पिकर र ९ जोडी खैचडी बितरण गरीएको वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो ।
मनोरञ्जन सामाग्री बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानविय विकाश भएमात्र पुर्वाधार विकाशले सार्थकता पाउने बताउनुभयो । स्थानिय ठाउँमा के कुराको समस्या छ ति समस्याहरुको समाधान गर्ने दायित्व स्थानिय सरकारको रहने बताउदै अध्यक्ष गिरीले त्यो दायीत्व पुरागर्न तर्फ वडा नम्बर १ अगाडी बढेकोप्रती खुसि ब्यत्त गर्नुभयोे । आठ घण्टा काम, आठ घण्टा आराम ,र आठ घण्टा मनोरंजनको सिद्धान्तलाइ अबलम्बन गर्न पनि वडाले फलदायी कार्यक्रम ल्याएको प्रती धन्यवाद ब्यक्त गर्नुभयोे ।
यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले मनोरञ्जनले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले पनि अहिलेको अवस्थामा मनोरञ्जनका सामाग्री अपरीहार्य रहेको बताउनुभयो । गतबर्ष हरेक वडा भूह्यारथान बनाउनुपर्छ भन्ने अभियान अन्तर्गत सवै वडामा भूह्यारथान बनाइएको स्मरण गर्दै उपाध्यक्ष खड्काले अहिले सोहि अनुरुप टोल समुहहरुलाइ मनोरञ्जन सामाग्री बितरण गरेकोप्रती वडा परिवारप्रती खुसि ब्यक्त गर्नुभयो ।
वडा नम्बर १ का अध्यक्ष रमेश भण्डारीले सस्कृती जोगाउने कुरामा कुनै जातजातीले एक अर्काको चाडपर्वलाइ मनाउन सक्नुपर्ने बताउनुभयो । एकअर्कामा सहिष्णुता तथा सद्भावलाइ बचाइ राख्न एक जातले अर्को जातको सस्कृतीमा रमाउन सक्नुपर्ने बताउनुभयो ।
आर्थिक बर्ष २०८०र८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार मनोरञ्जनका सामाग्री बितरण गरीएको बताउनुभयो ।
वडा अध्यक्ष भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष वलि खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यपालिका सदस्य मिना चौधरीको स्वागत मन्त्ब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव मन बहादुर खड्काले गर्नुभएको हो ।