२०८० फाल्गुन १३ गते आइतवार

महायज्ञ सफल बनाउन तकियापुरमा सरोकारवालासंग छलफल



तुलसीपुर,९ माघ ।
मानव सेवा आश्रम तुलसिपुरको भवन निर्माणार्थ आयोजना हुन लागेको महयज्ञ सफल बनाउन सरोकारवालासंग छलफल गरीएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न.२ को कार्यालय तकियापुरमा भएको सरोकारवालाहरुकोे छलफलले महायज्ञमा सक्रिय रुपमा सहभागीता जनाउने निर्णय गरेको वडा अध्यक्ष भिम बहादुर योगीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ४ र ७ को सिमानामा रहेको कालीका मालीका मन्दिर परिसरको जग्गामा भवन निर्माणका लागी महायज्ञको आयोजना गरीएको छ ।
महायज्ञ माघ १३ गते देखि २० गतेसम्म सञ्चालन हुन लागेको हो । सोही तयारी स्वरुप आज (मंगलवार) वडा कार्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।
कार्यक्रममा टोल विकास संस्था,खानेपानि,विद्यालय,स्वास्थ्य,सुरक्षा लगायतका क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार