२०८२ बैशाख १३ गते शनिवार

जन्मदिनमा महताराले खुवाए मानवसेवा आश्रममा खाना



तुलसीपुर, १० माघ।
तुलसीपुर–६ गोलौरा निवासी टोप बहादुर महताराले जन्मदिनको अवसरमा मानव आश्रममा रहेका सडक मानवहरुलाई विहानको खाना खुवाउनु भएको छ ।

महताराले (बुधवार) ५० औँ जन्मदिनको अवसरमा तुलसीपुर–६ गाइडहरमा रहेको मानवसेवा आश्रमा रहेका मानवहरुलाई खाना खुवाएर जन्मदिन मनाउनुभएको हो ।जन्मदिनमा फजुल खर्च गर्ने प्रवृति बढ्दै गएको समयमा महताराले खाना खुवाएर जन्मदिन मनाउने निर्णय गर्नुभएको हो ।जन्मदिन मनाउने शैलीले समाजमा सहयोगी भावनाको विकास गरोस भन्ने उद्देश्यले आश्रममा पुगेको महताराले बताउनुभयो ।

महताराले जन्मदिनमा खानपिन गरेर फजुल गर्नुभन्दा आश्रममा रहेका मानवहरुलाई सहयोग गर्दा बढी आत्मसन्तुष्टी प्राप्त हुने गरेको बताउनुभयो ।जन्मदिन मनाउन महतारा संगै उहाँकी श्रीमती गिता विष्ट महतारा पनि आश्रम पुग्नुभएको थियो ।

त्यस अवसरमा आश्रमका गरीमा लक्ष्मीनारायण तथा बालगोपालहरुलाई जन्मदिनको अवसरमा खाना खुवाएर असल कर्म गरेको  भन्दै महतारालाई मानव सेवा आश्रम दाङका प्रमुख हिरु जोशीले जन्मदिनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्नुभयो ।

असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप टेवा पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार