२०८० फाल्गुन १३ गते आइतवार

महायज्ञको तयारी तिब्र



 

दाङ, ११ माघ ।

मानव सेवा आश्रमको भवन निर्माणार्थ संचालन हुन लागेको तयारी तिब्र पारिएको छ ।

तयारी मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकास सिंहले हालसम्म गरिएको तयारीका बारेमा जानकारी दिदै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

तुलसीपुरस्थीत अरनिको मैदानमा पण्डाल निर्माणको तयारी अबस्थामा रहेको छ भने शोभायात्रा माघ १३ गते बिहान ११ बजेदेखि शुरु गरिने छ ।

आकर्षक शोभा यात्रामा विभिन्न भेषभुषा,संस्कृति झल्कने सहभागि हुने छन् ।

शोभा यात्राले बजारका बिभिन्न क्षेत्रको परिक्रमपछि महायज्ञस्थल अरनिको मैदानमा भव्यताका साथ सहभागि हुनेछ ।

तयारी स्वरुप माघ १२ गते बिहान ७ बजे महायज्ञ स्थलमा सरसफाई गरिने छ । सरसफाईका लागि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता हुने प्रचार प्रसार समितिका संयोजक सुशील बस्नेतले जानकारी दिनुभयो ।

महायज्ञ सफल बनाउन विभिन्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार