
तुलसीपुर,१३ माघ ।
मानव सेवा आश्रम तुलसीपुरको भवन निर्माणार्थ आज(शनिवार) देखि तुलसीपुरको अरनिको मैदानमा शुरु भएको महायज्ञमा दाउरा सहयोग गरिएको छ ।
तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द« पौडेललले महायज्ञमा हवन गर्न प्रयोग हुने दाउरा सहयोग गरेको जानकारी दिनुभयो ।
पहिलो दिन आफुले शुरुवात गरेकाले सबैलाई सक्दो सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
पौडेललले यस अघि तुलसीपुरका विभिन्न ठाँउमा पुगेर निशुल्क रुपमा माइकिङ मार्फत महायज्ञमा आमन्त्रणका लागी प्रचारप्रसार समेत गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालीका वडा नं ४ र ७ को सिमानामा रहेको कालीका मालीका मन्दिर परिसरको जग्गामा भवन निर्माणका लागी महायज्ञको आयोजना गरीएको छ । महायज्ञ आज (शनिवार) बाट शुरु भएर माघ २० गतेसम्म सञ्चालन हुन हुनेछ ।
प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार