दाङ,१ फागुन।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा दाङ्गको घोराहीमा २९ औ जनयुद्ध दिवस मनाइएकाे छ ।
दिवसका अवसरमा घोराहीको ट्राफिक चोकबाट र्यालि सहित नाराबाजी गर्दै जुलुसले नगर परिक्रम पछि तुलसीपुरमा चाेकमा पुगेर काेणसभामा परिणत भयको थियो ।
सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक अटलले २०५२ फाल्गुन १ गते एकात्मक सामान्ति राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरि नयाँ जनबादको स्थापना सहित बैज्ञानिक समाजबादको लक्षमा नपुग्दै मुख्य नेतृत्वले गलत बाटो अबलम्बन गर्दा सांसदिय भासमा फसेको आराेप लगाउनुभयाे।
सत्ता र कुर्सिका लागि बैदेशिक शक्ति केन्द्रहरुको चाकडी गरेर बिभिन्न राष्ट्रघाती सम्झौता सदनबाट पास गराउन भूमिका खेलेका कारणले कम्युनिस्ट पार्टी प्रति जनतामा निराशा र आक्रोस बढेको उहाँकाे भनाई थियाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सह-संयोजक तथा दाङ्ग जिल्ला इन्चार्ज समिरले नेपाली जनताको बलिदानी पूर्ण संघर्ष हजारौ शहीदहरुको शहादत, बेपत्ता र घाइतेहरूकाे त्यागबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नुपर्ने बताउनुभयाे।
जनयुद्धमा पराजित संसदबादी शक्तिहरुले जनयुद्धलाई अदालतको बलमा प्रतिशोध साध्न खोजे फेरि जनताले बन्दुक उठाउने चेतावनी दिनुभयाे । जसकाे नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्ने बताउनुभयाे।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङका संयोजक तिलक बिकको अध्यक्षतामा भएकाे कार्यक्रममा थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामजि चौधरी,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य दिपक बिष्ट लगाएतकाले मन्तब्य राख्नुभएको थियो ।
जिल्ला सचिवालय सदस्य इश्वरी प्रसाद गैरेकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिबालय सदस्य गोपाल बैध्यले गर्नुभएकाे थियो ।