२०८१ कार्तिक १७ गते शनिवार

महायज्ञको आय व्यय सार्वजनिक, प्रतिबद्धता मात्रै २ करोड ७४ लाख बढी



तुलसीपुर,७ फागुन ।
तुलसीपुरको अरनीको मैदानमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको महायज्ञबाट लक्ष्य भन्दा बढि आर्थिक संकलन भएको आयोजकले जनाएको छ ।

आइतबार  महायज्ञको आय व्यय सार्वजनिकका लागि गरिएको कार्यक्रममा २ करोड ७४ लाख २० हजार ९ सय २९ रुपैँया प्रतिबद्धता मात्रको रकम रहेको मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा लामिछाने गिरीले बताउनुभयो।

पत्रकार सम्मेलन मार्फत ५ करोड रुपैया लक्ष्य लिएकोमा ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया संकलन भएको जानकारी गराईएको छ ।खर्च ३१ लाख ७१ हजार ८ सय ७२ रुपैया कटाई खुद बचत ५ करोड १७ लाख ९० हजार ४ सय ३९ रुपैया रहेको कोषाध्यक्ष लामीछानेले जानकारी दिनुभयो ।

सामान्य नगदी रसिदबाट २ करोड ६८ लाख ७१ हजार ३८ रुपैया, दानपात्रबाट ४ लाख ४१ हजार ६३ रुपैया,कलस बिक्रीबाट ६९ हजार ८ सय ५ रुपैया,भोजन प्रसादी तथा तुला दानबाट ८२ हजार २ सय १६ रुपैया र धान बिक्रीबाट संकलन ७७ हजार २ सय गरि २ करोड ७५ लाख ४१ हजार ३ सय ८२ रुपैया नगद संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा लामिछाने गिरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको थियो।

कहाँकति खर्च
महायज्ञ स्थल तयारी खर्च ७ लाख २० हजार ९ सय ५०,खाद्यान्न खर्च २ लाख ४४ हजार ५ सय १५, स्टेशनरी खर्च ९ हजार १५,ढुवानी खर्च ९ हजार ९ सय ५०,ईन्धन खर्च५१ हजार ८ सय ७०,क्याटरीङग खर्च ५९ हजार ५ सय ५०,लत्ताकपडा खर्च ४३ हजार ३ सय २८,कार्यालय उपकरण खर्च १३ हजार ९ सय र यातायात खर्च ६ हजार ९ सय ४० रुपैया रहेको छ ।

त्यस्तै, खपत सामाग्री भान्साका लागि ८० हजार ४ सय ९२,दाता सम्मान खर्च ८ लाख ५८ हजार ७ सय ७,ग्यास ईन्धन खर्च १५ हजार ६ सय , कलाकार खर्च २ लाख ६१ हजार, स्थानिय पण्डित खर्च ७४ हजार ५ सय,प्रचार सामाग्री तथा साधन खर्च ४ लाख ७३ हजार ४ सय २९,सुरक्षाकर्मी खर्च ३६ हजार ३ सय ८३,पुजा सामाग्री खरिद खर्च ८५ हजार ६ सय २४,अन्य कर्मचारी खर्च २२ हजार ५ सय , शौचालय निर्माण खर्च ५५ हजार ७ सय ४२,बिद्युत जडान खर्च ४ हजार १ सय ७१ रुपैया गरि कुल खर्च ३१ लाख २८ हजार १ सय ७२ रुपैया रहेको जानकारी गराईएको थियो ।

मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुष्मा गिरीले आय ब्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सदस्य सचिव बुद्ध प्रकास सिंह र सहजिकरण प्रचार प्रसार उपसमितिका संयोजक सुशील बस्नेतले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार