२०८१ चैत्र १२ गते मङ्गलवार

शान्ति र सदभावका लागि तुलसीपुरमा राष्ट्रिय जागृत अभियान



दाङ, ११ फागुन ।
नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुरले सन्त समागम गरेको कार्यक्रम गरेको छ ।

शान्ति,सद्भाव र राष्ट्रिय जागृतका अभियान अन्तर्गत तुलसीपुरमा सन्त समागम कार्यक्रम गरिएको समितिले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दा सबैभन्दा ठुलो धर्म मानव सेवा धर्म रहेका बताएका छन् ।

नेपाल मानव धर्म सेवा समितिको युवा संगठनका संयोजक उत्तम गिरीले सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताउनुभयो । उहाँले संस्कार हराउँदै जाँदा अपराधका घटनाले प्रशय पाउन थालेको बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षासंगै असल संस्कारको आवश्यकता रहेको बताउनुभयो ।

मानव धर्मको मूल मर्म नै एकले अर्कोलाई सहयोग गर्नु रहेको उहाँको भनाई छ । पूर्व केन्द्रीय अध्यक्ष ठाकुर प्रसाद पौडेलले धार्मिक आस्था जुन भएपनि सबै धर्मको एउटै मर्म मानविय सेवा रहेको बताउनुभयो । केन्द्रीय अधयक्ष चाँदना वाइजीकाे अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ अध्यक्ष माधव वलीले बालबालिकालाई संस्कारसहितको शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले असल कर्ममा लैजानु नै चुनौति बढ्दै गएको अवस्थामा विद्यालय तथा घर परिवारले संस्कार दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल मानव धर्म सेवा समिति दाङका सचिव चन्द्र बहादुर वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण पत्रकार ओपेन्द्र बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार