२०८१ मङ्सिर २३ गते आइतवार

प्रिगाँउ महायज्ञमा लक्ष्य भन्दा दाेब्बर दान संकलन



तुलसीपुर-२३  फागुन।

तुलसीपुर-११ प्रिगाँउमा आयाेजना भएकाे महायज्ञकाे आयव्यय बुधवार सार्वजनिक गरिएकाे छ।

श्रि शिव पाञ्चायण मन्दिर निर्माण तथा श्रि महेश्वर शिव मन्दिरकाे भाैतिक पूर्वाधार निर्माण सहयाेगार्थ माघ १८ गतेदेखि २५ गतेसम्म महायज्ञ सञ्चालन भएकाे थियाे। ज्ञान महायज्ञकाे आयव्यय आज पत्रकार सम्मेलनकाे आयाेजना गरेर सामाजिक लेखापरीक्षण गरिएको हाे ।

 महायज्ञमा  दानबाट २५ लाख संकलन गर्ने लक्ष्य  रहेकाेमा लक्ष्य भन्दा दाेब्बर बढिले संकलन भएकाे छ । सात दिनसम्म सञ्चालन भएकाे महायज्ञमा ५२ लाख बढि  आम्दानी भएकाे   मूल आयाेजक समितिका काेषाध्यक्ष केशवराज केसिले जानकारी दिनुभयाे ।

महायज्ञमा दाताहरूबाट ३९ लाख ५१ हजार ७७०, कलश बिक्रीबाट ६ लाख ७ हजार ७५०,चामल तथा जिन्सी बिक्रीबाट ७१ हजार १६० रूपैयाँ आम्दानी भएकाे छ । यस्तै धान बिक्रीबाट १ लाख ९१ हजार ५५०,मण्डव भेटिबाट ३१ हजार ६४८ र तुलादानबाट ४२ हजार ३१ रूपैया, विभिन्न संघसंस्थाबाट पाउन बाँकि २ लाख ३ हजार ७७६ र प्रतिबद्धताकाे २ लाख ८६ हजार ११० सहित कुल  ५२ लाख २२ हजार १९ रूपैयाँ  आम्दानी भएकाे छ।

  महायज्ञमा १७ लाख ८९ हजार ३८५ खर्च गरेर २९ लाख ४२ हजार ७७५ रूपैयाँ बचत गर्न सफल भएकाे काेषाध्यक्ष केसिले जानकारी दिनुभयाे।

उहाँका अनुसार ब्राह्मण खर्चमा ९ लाख ६० हजार, पूजा सामाग्रीमा ६२ हजार ५२०,प्रचार प्रसार ५५ हजार,भाेजनालय १ लाख २९ हजार ६६०,फलफूल प्रसादी १५ हजार २८०,स्टेशनरी ६ सय ५५,छपाई खर्च ३४ हजार ४४३ रूपैयाँ खर्च भएकाे छ।

यस्तै मन्दिर खर्चमा ३५ हजार ९८,कलश खरिदमा ४ लाख ८ हजार २५०,पानी ७ सय ५०,युवा परिचालन १० हजार १२५,ईन्धन १० हजार,बिद्युत जडान १० हजार ८४०,अन्य खर्च ५१ हजार ९९० रूपैयाँ खर्च भएकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे थियाे।

श्रिमद् भागवत धनधाञ्याचल सप्ताह ज्ञानमहायज्ञ  मुल आयाेजक समितिका अध्यक्ष हाेमप्रकाश गाैतमकाे अध्यक्षता,दंगिशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरीकाे प्रमुख आतिथ्यता तथा तुलसीपुर-११ का वडा सदस्य तिलकराम थारूकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे।

प्रमुख अतिथि गिरीले धार्मिक क्षेत्रकाे रूपमा विकासका लागि व्यापक प्रचारप्रसारकाे आवश्यकता रहेकाे बताउनुभयाे। स्थानियकाे जागरूकताले नै महायज्ञ सफल भएकाे उहाँकाे भनाई थियाे।

कार्यक्रममा तुलुसीपुर -११ का वडा सदस्य तिलकराम थारू,पण्डित काेमल आचार्य , पत्रकार नारायण खड्का,अस्थायी प्रहरी चाैकि जसपुरका ईन्चार्ज बिरवहादुर भण्डारी,चन्द्राेदय विद्याकुञ्जका प्रअ हरि वलि,दिव्यज्याेति स्कुलका प्रअ राजकुमार गाैतम, प्राबी नवलपुरका प्रअ याेगराज खत्रि,समाजसेवि खिम बहादुर वलि लगाएतले महायज्ञबाट संकलित रकमले मन्दिरकाे भाैतिक निर्माणका लागि सहजता हुने बताएका थिए।

आयव्यय सार्वजनिक कार्यक्रममा महायज्ञलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका विभिन्न टाेल विकास संस्था,सामुदायिक वन तथा व्यक्तिहरूलाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रमकाे सहजिकरण महायज्ञ मूल आयाेजक समितिका महासचिव घनश्याम बस्नेतले गर्नुभएकाे थियाे।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार