२०८१ चैत्र ३ गते आइतवार

संस्थापक अध्यक्षको स्मृतिमा मावि कालाखोलामा प्रतिक्षालय निर्माण



तुलसीपुर,२३ फागुन ।
तुलसीपुरको एक विद्यालयमा बुवाको स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको माध्यामिक विद्यालय कालाखोलामा प्रतिक्षालय निर्माण भएको हो ।

विद्यालय व्यबस्थापन समितिका संस्थापक अध्यक्ष निमकान्त पौडेलको स्मृतिमा उहाँको श्रीमति तुलसीपुर-७ प्रर्सेनी निवासी मनकुमारी पौडेल र छोरा हरिहरकान्त पौडेलले विद्यालय प्राङ्गणमा प्रतिक्षालय निर्माण गर्नुभएको हो ।

करिब १ लाख २५ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रतिक्षालयको आज(बुधबार) एक कार्यक्रमको आयोजना गरेर विद्यालयलाई हस्तान्तरण गरिएको छ ।विद्यालय व्यबस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिसिले विद्यालयका संस्थापक अध्यक्षको स्मृतिमा स्थापना भएको प्रतिक्षालयले समाजमा सकारात्मक शन्देस प्रवाह भएको बताउनुभयो । पुस्ताको सामाजिक ईतिहासलाई यस्ता उदाहरणीय कार्यले जिवन्त बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । समाज रुपान्तरणका लागि अग्रजहरुको सम्मान स्वरुप प्रतिक्षालय निर्माण गरेकोमा पौडेल परिवारलाई धन्यबाद समेत दिनुभएको छ ।

कार्यक्रममा प्रतिक्षालय निर्माणकर्ता मनकुमारी पौडेल,हरिहरकान्त पौडेल,विद्यालयका प्रधानाध्यापक राजिव ओझा,जोगेन्द« विश्वकर्मा,जगत बहादुर थापा,एकराज शर्मा मोहन पुरी लगाएतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार