२०८१ चैत्र १२ गते मङ्गलवार

अम्बिकेश्वरी मन्दीरबाट दुलाह-दुलहीलाई प्रहरीले सम्झाएर घर पठायाे



दाङ, २८ फागुन ।
दाङमा आज बालविवाह हुनबाट रोकिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २० वर्षिय युवक र १५ वर्षको बालिकासंग हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

विवाहका लागि अम्बिकेश्वरी मन्दीरमा पुगेका दुलाह-दुलही र घरपरिवारलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

केटीको उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमतीमा छोडिएको प्रहरीले जनाएको छ । बालविवाह हुन लागेको सुचना प्राप्त गरेपछि प्रहरीले विवाह रोकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार