तुलसीपुर,९ वैशाख।
पौडेल वंश महासंघ लुम्बिनी प्रदेशको आगामी वैशाख १५ गते चन्द«ौटामा हुने अधिवेशनका लागि तुलसीपुर नगर समितिबाट प्रतिनिधि छनौट गरिएको छ । पौडेल वंश महासंघ तुलसीपुर नगर समितिको शनिवार विजौरीमा सम्पन्न भेलाले प्रतिनिधि छनौट गरेको हो ।
समितिका अध्यक्ष कालिका प्रसाद पौडेलको अध्यक्षतामा बसेको वैठकले प्रतिनिधिका रुपमा कोषाध्यक्ष विमलकुमार पौडेल,सदस्यहरु केशवराज पौडेल र हरि पौडेललाई प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको सचिव बसन्त पौडेलले जानकारी दिनुभयो ।
यस्तै अधिवेसनमा सहभागिताका लागि नगर समिति मातहतका पुजा समितिका प्रतिनिधिहरु एवं कार्यसमितिलाई सहभागिता जनाउन अनुरोध गर्ने निर्णय भएको छ ।यसैविच पौडेल वंश महासंघ तुलसीपुर नगर समितिले वैशाख मसान्तभित्र तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाहरुमा रहेका पौडेल वन्धुहरुको तथ्याङ्क संकलन गर्ने निर्णय समेत गरेको छ ।
तथ्याङ्क संकलनका लागि जिम्मेवारी पनि तोकीएको छ । वडा नम्बर १,२,३,८,९ मा सम्पुर्ण कार्यसमिति सामुहिक रुपमा भेटघाट,वडा नम्बर ४ मा बसन्त पौडेल,वडा नम्बर ५,६ मा केशवराज पौडेल र नरेश पौडेललाई जिम्मेवारी प्रादान गरिएको हो।
यस्तै वडा नम्वर ७ मा चिरञ्जीवि पौडेल र चेतराज पौडेल,वडा नम्बर १०,११,१२,१३,१४,१५ मा कालीका प्रसाद पौडेल,वडा नम्बर १६,१७,१८ र १९ मा हरि पौडेललाई तथ्याङ्क संकलनका लागि जिम्मेवारी तोकीएको छ ।

