दाङ,१६वैशाख ।
सन्त निरंकारी मण्डल नेपाल सत्संग दाङ र रोल्पा शाखाले संयुक्त रुपमा (शनिबार) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा दाङको घोराहीमा रक्तदान कार्यक्रम समेत गरेको हो ।
रगत नालीमा नभई, नाडीमा बगाउनुपर्छ भन्ने उद्देश्यका साथ हरेक वर्ष मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरिएको दाङ शाखा प्रमुख शारदा जिसीले बताउनुभयो । कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।
सन्त निरंकारी मण्डल विश्वमै सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा परिचित छ । दाङ शाखाका प्रमुख जिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् सन्त निरंकारी मण्डल नेपालका केन्दि«य सदस्य दल बहादुर रानाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
दाङ शाखा सदस्य दिन बहादुर जिसिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सत्संग देउखुरी क्षेत्रका इन्चार्ज गोविन्द वलीले गर्नुभएको थियो ।