दाङ,१९ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा करिब ९ लाख रूपैयाँ लगानीमा टोल विकास संस्थाको भवन निर्माण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको ८ लाख र उपभोक्ताको १ लाख १६ हजार ६ सय ६२ लगानीमा भवन निर्माण गरिएको पदम केसीले जानकारी दिनुभयो ।
भवनको उद्घाटन तुलसीपुरका मेयर टिकाराम खड्काले गर्नुभएकाे हाे। भवन उद्घाटन गर्दै मेयर खड्काले ग्रामीण बस्तीको विकासका लागि आफू प्रतिवद्व भएको बताउनुभयाे । गाउँलाई शहरसँग जोडे मात्रै उपमहानगरले सार्थकता पाउने भन्दै मेयर खड्काले विकासमा एकजुट भएर अघी बढ्न आग्रह गर्नुभयाे ।
प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार