
तुलसीपुर,११ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दमारगाँउ चर्चमा बाईवल अध्ययन तालिमको समापन गरिएको छ ।
धार्मिक आराधना गर्ने तरिका,चर्च व्यवस्थापन र प्रार्थनाका विषयमा जेठ ९ गतेदेखि सुरु भएको तालिमको आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि समापन गरिएकोे दमारगाँउ चर्चका पाष्टर टोप बहादुर महताराले जानकारी दिनुभयो ।
तीन दिन सम्म सञ्चालन भएको तलिममा आराधनाको विषयमा पाष्टर खड्ग दहित,प्रार्थनाका विषयमा पाष्टर डिल्लिराज रसाईली र चर्च व्यवस्थापनको विषयमा पाष्टर टोप बहादुर महताराले प्रशिक्षण दिनुभएको थियो ।
दमारगाँउ चर्चका अध्यक्ष धनसरा विकको अध्यक्षता तथा पाष्टर शालीकराम शाहुको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा पाष्टर ललित वुढा,विष्णु पुन,रोजिना भुजेल,सिता विक,सरिता रसाईलि,लक्ष्मी परियार लगाएतकाले मन्तव्य राख्नुभएको थियो।
दमारगाँउ चर्चका पाष्टर टोप बहादुर महताराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव सावित्रा विकले गर्नुभएको थियो ।