दाङ, जेठ १८ ।
मानविय सहायत नेपालको अयोजना तथा घोराही उप-महानगरपालिका वडा नम्वर १७ को आर्थिक सहयोगमा आधारभुत मनोविमर्ष तालिम शुक्रवार (आज) सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा अध्यक्ष रामलोटन चौधरीको प्रमुख आथित्यतामा भएको तालिमका सहभागिले पछिल्लो समयमा मनको व्यवस्थापन ठुलो चुनौती हुन थालेको बताएका छन् ।
बढी भौतिकवादी हुदा भावना गौन हुदै जादा मन विचलित भएर मनम आघात पुग्ने वताएका थिए । सचिव देविराम कुसारीले सहजिकरण गरेको तालिममा स्थानिय महिला पुरुष गरी ७५ जनाको सहभागिता रहेको थियो ।
मनोविमर्षकर्ता भुमिका जि एमले प्रशिक्षण दिनुभएको तालिममा वडा अध्यक्ष रामलोटन चौधरी, नेपाली काँग्रेसका बुझौना चौधरी, नेकपा एमालेका प्रतिक्षा पौडेल, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, पत्रकार विष्णु पोख्रेल, लगाएतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार