तुलसीपुर, २५ जेठ ।
दाङमा गएको जेठ १९ गतेको हावाहुरीसहितको वर्षाले घर भत्किदा मृत्युु भएका भगवानकाे परिवारलाई आर्थिक सहयाेग गरिएको छ ।
तुलसीपुर-१२ रझेनीका कुलबहादुर भनेर चिनिने भगवान केसीको परवारलाई रझेना टोल विकास संस्थाले १८ हजार ३ सय २५ रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका सदस्य शान्तराज गौतमले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष यज्ञबहादुर वली र सचिव ज्ञानबहादुर बस्नेत लगाएतका पदाधिकारीले काजकिरिया गरिरहेको स्थल तुलसीपुर-१२ रझेनामा पुगेर मृतक भगवानको छोरी रिया केसीलाई सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे । केसीको परिवार अत्यन्त विपन्न र असाहय रहेकाले काजकिरियाका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका अध्यक्ष यज्ञबहादुर वलीले बताउनुभयो ।
केसी परिवार २०६३ सालदेखी रझेनीमा जस्ताले छाएको एक कोठे घरमा निःशुल्क रुपमा बस्दै आएका थिए । गएको शनिबार साँझ ८ बजेतिर घर भत्कदाको समयमा घरमा श्रीमान र श्रीमति थिए तर, श्रीमति भने घर भत्कनु अघि नै भाग्न सफल भएकाले सकुसल रहेकी छन् । छोराछोरी भने कामको शिलशिलामा बाहिर थिए ।