२०८१ माघ १० गते बिहिवार

मृतक केसीकाे परिवारलाई नेकपा माओवादी केन्द्र तुलसीपुर १२ काे सहयाेग



दाङ,२६ जेठ ।

दाङकाे तुलसीपुरमा गएकाे जेठ १९ गते आएको हावाहुरीसहितकाे वर्षका  कारण घर भत्किदा घरले च्यापेर मृत्युु भएकाे कुलबहादुर केसीकाे परिवारलाई सहयाेग उठ्ने क्रम जारी रहेकाे छ ।

नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कमिटीलेखिएका  तर्फबाट शनिबार नगद ६ हजार र ३ बाेरा चामल हस्तान्तरण गरेकाे छ ।

साथै मृतक केसी परिवारको घर निर्माणको लागि वडा कमिटीले श्रमदान गर्ने  समेत प्रतिबद्धता गरेको छ भने वडा कमिटी सचिव हरि प्रसाद बुढाथोकीले बालुवा, गिट्टी, ढुंगा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकाे छ ।

साे अवसरमा तुलसीपुर उपमहानगरपालिका -१२ का वडाध्यक्ष खुशिराम चाैधरी, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य युवराज केसि, हेमराज भण्डारी, वडा इन्चार्ज गाेपाल खड्का, कर्मचारी संगठनका केन्द्रीय सदस्य शान्तराज गाैतम, शिक्षक लुम्बिनी प्रदेश महासचिव बिष्णु खत्री , शिक्षक दंगीशरणका अध्यक्ष भुम बहादुर केसी लगायतकाे पहलमा उक्त परिवारलाई हस्तान्तरण गरिएको हाे ।

तुलसीपुर-१२ रझेनीका कुल बहादुर भनेर चिनिने भगवान केसीको निधन भएपछि उहाँकाे परिवार आर्थिक अभावमा काजकिरिया गर्न समेत समस्यामा रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार