मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समय केहि प्रतिकुलता रहनेछ । कृषि क्षेत्रमा सोचे अनुसार फाईदा नरहन सक्नेछ । आफनो कुराहरु गोप्य राखेर अगाडि बढनु होला । घरका काममा धेरै समय दिनु पर्ने देखिन्छ । मनमा चन्चलमय आउनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफनो भन्दा अरुको कार्यको लागि समय दिनु पर्नेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन कार्यको सोच विचार आउने छ  । तपाईको परिश्रमको मुल्य उठनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घर परिवारको समस्या हल हुनेछन । प्रतिक्षा गरेको कार्यको प्रतिफलता आउनेछ । व्यवसाय गरेका हरुको लागि फाईदा रहनेछ  । आफन्तको ठिकै साथ  र  सहयोग रहनेछ  ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयास वाट कार्य सम्पादन हुनेछ । थोरै मेहनत बाट लाभ युक्त समय  रहेको छ । व्यापार  व्यवसाय गरेका लाई सफलता रहनेछ । आर्थिक क्षेत्रमा ठिकै रहनेछ । कुनै कार्यक्रममा सहभागि हुने समय  रहेको छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बिगतको कार्य वाट लाभमय समय रहेको छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मा बिश्वासमा वृद्धि  रहनेछ । प्रेमि प्रेमिका वा दाम्पत्य जीवन  सरल  र सहज रहनेछ । भोगविलास तथा मनोरन्जन क्षेत्रमा खर्च गर्नुपर्ने देखिन्छ । परिश्रम बढनेछ । नविन कार्य शुरुवात गर्ने समय रहेको छ । मान सम्मान प्रतिष्ठा बढनेछ । स्वादिष्ट भोजनको योग रहनेछ  । घर परिवारमा सम्वन्ध बन्दै जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बैदेशिक यात्रा तय गरेका व्यक्तिको लागि सफलता रहनेछ । समयलाई चिन्न नसक्दा अप्ठेरोमा परिएला । कार्यमा केहि रोकावट रहनेछ । धैर्यता बाट कार्यमा सफलता रहनेछ । अनाबश्यक यात्रा हुन सक्नेछ । घर बाहिरको कार्य बाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । आफन्तमा असमझदारी रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईले सोचेभन्दा कमै प्रतिफल  रहनेछ । अवसरहरु थुपै आउने छ । कार्यमा केहि ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय वनाउन  सक्नेछ । समाजिक कार्यबाट लाभ रहनेछ । मान सम्मान प्राप्त रहेता पनि मनमा केहि चिन्ता रहनेछ । परिश्रम अनुसार सफल्ता नमिल्न सक्नेछ । आम्दानी रकम लगानी गर्नुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
परिश्रम बाट सफलता सफलता प्राप्त रहनेछ । मन परेको क्षेत्रमा लगानी बढनेछ । आत्मा बिश्वासमा वृद्धि रहनेछ । अग्रजको साथ र सहयोगले कामहरु बन्नेछ । कामको क्रममा बिभिन्न व्यक्ति सँँग भेटघाट रहनेछ । व्यापार व्यवसाय गरेकाहरुलाई फाईदा रहनेछ । गीत सगिंत, कला साहित्यमा रुचि बढनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समस्याहरु समाधान हुदै जानेछन । आर्थिक लाभ रहने देखिन्छ । नसोचेको व्यक्ति सँग भेट  रहनेछ । नयाँ कार्यलाई कार्यान्वयन गर्न समस्या आउनेछ । प्रयास बाट कार्य सफलता नै रहला । सहयोगिको साथ  र सहयोग रहनेछ ।  तपाईको कार्य बाट धेरै मान्छेहरु प्रभावित रहने देखिन्छ । नसोचेको कामको सफलता रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आर्थिक क्षेत्रमा केहि बिवाद  रहनेछ । घरेलु कार्यमा बढि समय  दिनु पर्ला । आशा बाढने व्यक्ति  संग सावधान भएर अगाडि बढनु होला । नराम्रो खवर सुन्नु पर्ला । सानो कार्यमा बढि अलमल हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । सवारी साधन चढदा वा चलाउदा   सावधानी रहनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेमि प्रेमिका वा दाम्पत्य जीवन सरल र सहज  रहनेछ । यात्रा युक्त  समय  रहेको छ । पुरानो कार्यबाट समस्या रहला  । सन्तान पक्ष बाट पनि साथ सहयोग मिल्नेछ । व्यवसायमा सफलता छ । धैर्यता र लगनशीलता बाट  सफलता  रहनेछ । हतार गर्दा काममा बाधा रहनेछ  ।  आम्दानीमा बृद्धि रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समस्या लाई हल गदै अगाडि बढनु होला । व्यापार व्यवसाय गरेका व्यक्तिलाई फाईदा रहनेछ । प्रतिस्पर्धा बाट  सफलता रहनेछ  । आफना कार्यलाई आत्मा बिश्वास गरि अगाडि बढनु होला । घर परिवारको साथ र सहयोग मिल्नेछ । आर्थिक लाभ रहनेछ । बिगतमा रोकिएका कामहरु सम्पादन रहनेछन ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
शैक्षिक जगतमा  सफलता रहने छ । समयले उत्साह दिनेछ । व्यापार व्यवसाय गरेको व्यक्ति बाट सफलता रहनेछ । घराँयसि कार्य बाट सफलता  रहला । तपाईको सोच बिचारले कार्यलाई सफलता दिलाउनेछ । व्यापारमा लाभ  रहनेछ । सन्तान पक्ष बाट साथ र सहयोग रहनेछ  । बौद्धिक क्षेत्रमा  सफलता   रहनेछ ।

वास्तु ज्ञान

कुनै पनि घर वा भवनको अगाडि अवरोध राख्नु राम्रो हुँदैन ।घर वा भवनको मुख्य ढोका अगाडि कुनै पनि अवरोध हुनुहुदैन जस्तो कि कुनै अग्लो वृक्ष,बिजुली या टेलिफोन आदिको खम्भा, कुनै अर्को भवनको कुना, कुनै अग्लो चिमनि ,कुनै खण्डहर भवन आदि ।यी सबैको कारणले प्राण उर्जाको प्रभाहमा असन्तुलन आउँछ जसवाट हानीकारक वस्तु घरमा प्रवेश गर्नेछ ।