मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नयाँ कार्यको थालनी गर्नु भन्दा पहिले केहि समय पखनु राम्रो हुनेछ । बिगतको कार्यमा केहि निराशा छाउनेछ । बौद्धिक क्षेत्रमा प्रतिस्पर्धा हुने देखिन्छ । तपाईको कार्य क्षेत्रमा अरुले प्रभाव पार्ने देखिन्छ । समयले तपाईमा लगनशीलतामा लैजानेछ । समय लाई व्यवस्थान गर्न नसक्दा समस्या आउनेछ । स्वास्थ्यमा केहि जटिलता आउनेछ । सोचेको कार्यमा ढिलाई रहनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आजको मेहनत बाट तपाईमा पछि फाईदा हुने देखिन्छ । घर परिवारको साथ र सहयोग बाट कामहरु बन्नेछ । आफनो गोप्य योजना आन्तरिक राखेर अगाडि बढनु होला । अरुको आशा तथा भरोसामा नवस्नु होला । सोचेको केहि कार्यमा समस्या आउने देखिन्छ । आफन्तमा केहि असमझदारी बढनेछ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
परिश्रम अनुसार मेहनतको फल अबश्य प्राप्त रहनेछ । बिभिन्न सामाग्री जोडने समय रहेको छ । बिगतमा साथ दिएका सहयोगीहरु बाट धोका रहनेछ । पहिले रोकिएका कामहरु बन्दै जानेछन । नयाँ कार्यको शुरुवात गर्ने समय रहेको छ । व्यापार व्यवसाय गरेका लाई ठिकै रहनेछ । कृषि क्षेत्रका व्यक्तिहरु लाई पनि ठिकै रहला ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
फाईदाका पछि लाग्दा बिवादमा पर्ने समय छ । साचेको काममा केहि समस्या आउनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । बोलिको गलत अर्थ लाग्ने हुदा सावधानी रहनु होला । शैक्षिक क्षेत्रमा समय मिलाउन समस्या आउनेछ । बिगतको हिसाव कितावमा केहि उतार चडाव आउने देखिन्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आत्मा बिश्वास लिन नसक्दा कार्यमा समस्या आउला । घर बाहिरको कार्य बाट लाभ रहनेछ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । काम गर्दा समय मिलाउन नसक्दा समस्या आउनेछ । प्रतिस्पर्धामय समय रहनेछ । यात्राको अवसर आउनेछ । खर्चमा बृद्धि रहनेछ । दैनिक कार्यलाई प्राथमिकता दिदा सफलता छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
सोचेको कार्यमा बाधा रहनेछ । खर्चमा बृद्धि रहनेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय रहको छ । कार्य क्षेत्रमा तपाईकै कमजोरीका कारण समस्या रहनेछ । बिवादमा नफस्नु होला । प्रतिस्पर्धामा केहि समस्या आउनेछ । आफन्तमा बिवाद रहनेछ । यात्रा हुनेछ । घर वाहिरको क्षेत्र बाट लाभ छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको प्रयास बाट धेरै कामहरु बन्नेछ । आयआर्जनमा सफलता रहनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ । व्यापार वयवसायमा लाभ रहनेछ । आर्थिक लाभका कार्यमा अगाडि बढने समय छ । अध्ययनमा सफलता रहनेछ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । पैत्तिक सम्पत्तिको प्रयोग बाट कार्य सफलता छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
परिश्रमको मुल्य उठने समय छ । समाजिक कार्यमा सफलता रहनेछ । तपाईको मेहनत बाट कार्य शैलीमा परिवर्तन गर्ने समय रहेको छ । व्यापार व्यवसाय गरेका लाई फाईदा नै रहनेछ । कार्यमा अग्रज व्यक्तिहरुको साथ र सहयोग रहनेछ । अरुको मन लाई जितेर कार्यमा सफलता लिन सकिनेछ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समय केहि बाध्यात्मक रहनेछ । अरुको लागि कार्यमा बढि समय दिनु पर्ने छ । मेहनत बाट मात्र कार्यमा सफलता आउला । तपाई बाट अवसर लिनेहरु थुपै हुनेछन । आम्दानीको सा्रेत बढाउन सकिनेछ । आफनो फाईदाका लागि कार्यमा बिशेष ख्याल गरेर अगाडि बढनु राम्रो हुने देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा समस्या आउन खोजे पनि तपाईको सोच तथा बिचार बाट कार्यमा सफलता रहनेछ । आफन्त तथा सहयोगिहरुले कार्यमा राम्रो साथ र सहयोग दिनेछन । आन्तरिक रहस्य पत्ता लगाउने समय रहेको देखिन्छ । घरायासि कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । स्वास्थ्यमा बिशेष ख्याल गरेर अगाडि बढनु होला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घर परिवार तथा आफन्तको साथ र सहयोगले कार्यमा उत्साह दिनेछ । घराँयासि कार्यका लागि सामाग्री जोडने समय रहेको छ । आयआर्जमय समय रहेको छ । कार्य बाट सफलता रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता रहनेछ । केहि यात्राको समय पनि आउन सक्ने देखिन्छ । आफन्त सग भेटघाट होला ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
तपाईका कार्य योजना गोप्य राखेर अगाडि बढनु होला । तपाई कामको रिस मान्नेहरु थुपै हुनेछन । व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ । बिगतमा रोकिएका कामहरु बन्नेछन । रोकिएका कामहरु बन्नेछन । आम्दानी कम खर्च बढि हुने देखिन्छ । सहयोगिहरु बाट राम्रो साथ र सहयोग रहला ।
वास्तु ज्ञान
व्यापार व्यवसायमा सरलता ल्याउन बिक्रेताले पूर्व वा उत्तरतिर फर्केर बस्नु पर्छ ।कुनै पनि व्यापार व्यवसायलाई व्यवस्थित पार्न बिक्रेताको बसाईले धेरै प्रभाव पार्ने गर्दछ । सम्भव भएसम्म बिक्रेताले पूर्व वा उत्तर फर्केर बस्नु पर्दछ । गा्रहकहरुको अनुहार पश्चिम वा दक्षिणतर्फ फर्कने व्यवस्था गर्नु पर्छ र सोही बमोजिम पसलको काण्टरलाई व्यवस्थित गरेर राख्नु पर्छ । यसरी नै क्रेता र बिक्रेता बिच सन्तुलन आउने गर्दछ ।