तुलसीपुर,३२ जेठ ।
राष्ट्रिय परिचयपत्र बनाउन ईलाका प्रशासन कार्यालय तुलसीपुर पुगेका ८४ वर्षिय ज्येष्ठ नागरिक तीन दिनदेखि बेपत्ता हुनुभएकाे छ ।
गएकाे जेठ ३० गते(बुधबार ) दिउसाे ३ बजेतिर इलाका प्रशासन कर्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन पुग्नुभएकि तुलसीपुर-४ खारखाेलाका सुन्तली पुन ईलाका प्रशासन कार्यालयको परिसरबाटै सम्पर्कविहिन हुनुभएकाे उहाँकी नातिनि प्रकृति पुनले जानकारी दिनुभयाे ।
सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य राष्ट्रिय परिचय पत्र हुनुपर्ने व्यवस्था गरेको छ । साेहि प्रयोजनका लागि बुधबार उहाँलाई राष्ट्रिय परिचयपत्र बनाइदिन छाेरी पुर्णकलि राेकाले ईलाका प्रशासन कार्यालय तुलसीपुरमा लगेर जानुभएकाे थियाे । गत बैशाख देखि सुन्तली तुलसीपुर-६ बनकट्टामा रहेकाे छाेरी पुर्णकलीकाे घरमा बस्दै आउनुभएकाे थियाे ।
आर्थिक वर्ष पनि सकिनै लागेकाले उक्त परिचय पत्र लिन अहिले कार्यालयमा सेवाग्राहीको भिड छ ।´धेरै लामाे लाईन हुँदा आमालाई धाै हाेला भन्ने साेचेर एक छेउमा बसालेर आफै पालाेमा बसे`उहाँले भन्नुभयाे-´आधा घन्टामा बसालेकाे ठाँउमा पुग्दा भेटिन`।
हराएकाे जानकारी पाए लगतै राेकाले परिवार र प्रहरीलाई जानकारी गराउनुभएकाे थियाे । अहिलेसम्म कतै फेला नपरेकाले खाेजि कार्यमा सहयाेग गरिदिन छाेरी पुर्णकली राेकाले सबैमा अपिल गर्नुभएकाे छ । हराएकी सुन्तली पुनका एक छाेरी सहित चार भाइ छाेरा रहेका छन् ।
उहाँले आमालाई फेला पार्नुहुने महानुभावले ९७४६९३३४५०,९८६४७२७९३५,९८४७८३६२५० अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन अनुराेध गर्नुभएकाे छ ।