२०८३ बैशाख २० गते आइतवार

तपाईकाे आज असार २ गते आईतवार राशिफल



मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)उत्साहको साथ अगाडि बढेमा सफलता रहनेछ । दिर्घकालीन फाईदा हुने काममा सफलता रहनेछ । यात्राको योजना वन्न सक्नेछ । मान प्रतिष्ठामा वृद्धि रहनेछ । तपाईको दैनिक कार्यमा परिवर्तन हुने देखिन्छ ।  तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न  सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ ।

  वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)आफुमा कमजोरी भएको अनुभव रहनेछ । आफनो आन्तरिक कुरालाई बिशेष ख्याल गरेर अगाडि बढनु होला । स्वास्थ्यमा हल्का प्रतिकुलता रहनेछ ।  शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला ।  धैर्यता वाट कार्यमा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । अरुलाई फाईदा हुने कार्यमा समय बढि दिनु पर्नेछ । कृषि, भूमि, जमिन वाट फाईदा रहनेछ ।  अरुको कार्यमा समय नदिदा नै राम्रो हुने देखिन्छ ।  पारिवारीक असमझदारी बढने छ । आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)कृषि क्षेत्रमा खर्च बढला । पैसा सापटि नदिनु होला । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला । काममा प्रतिस्पर्धा वाट सफलता रहनेछ ।  पराक्रममा बृद्धि रहनेछ ।  सानो प्रयास बाट पनि कार्यमा सफलता छ । उधोग तथा व्यापारमा फाईदा मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)मान सम्मान वृद्धि रहला । वोलिको भरमा कार्यहरु वन्नेछन  । विगतको परिश्रम वाट फाईदा रहनेछ । रोकिएका कार्यहरु वन्नेछन । कुनै पनि काम व्यवस्थापन मिलाएर गर्दा सफल रहनेछ ।  तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । प्रशंकहरु पनि बढनेछन । सहयोगिहरुले कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)रचनात्मक कार्य शुरु गर्ने वेला भएको छ । नविन कामको जिम्मेवारी आउनेछ । टाढिएका आफन्त सँग भेटघाट बढनेछ । बिगतमा भएका गल्ति कमजोरी लाई सुधार गर्ने समय देखिन्छ । स्वादिष्ट भोजनको आनन्द लिन  सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्ने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा  लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढन सकिनेछ । व्यापारमा लगानी बढनेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । समय लाई व्यवस्थापन नगर्दा केहि काम बाँकी रहनेछ । प्रयास वाट कार्यमा सफलता रहनेछ । यात्रा मलुक समय रहेको छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)साथी आफन्तको सहयोगले कार्यमा सफलता रहनेछ । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने समय छ ।,तर व्यापार व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय छ ।  बचत धन खर्च हुनेछ । आम्दानीका नयाँ क्षेत्रहरु बढनेछन । थालिका कार्यबाट प्रशस्त्र लाभ रहनेछ । नयाँ जानकारी प्राप्त रहनेछन।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)अग्रज व्यक्ति सग भेटघाट हुनेछ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु होला । सामाजिक कार्यमा लाग्नु  पर्नेछ  । अन्यको भरमा पर्दा समस्या रहला ।  अवसर थुपै आउनेछन तर नयाँ काममा हात हाल्नु भन्दा पहिले सोच बिचार गरि अगाडि बढनु होला । आशा देखाउने वाट समस्या रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)गोनिनियतामा ख्याल गरेर अगाडि बढन होला । आशा नगरेको कार्य वाट सफलता रहनेछ । नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन  । टाढाको साथीहरु सँग भेटघाट हुनेछ ।  समस्याहरु हल हुदै जानेछन । धेरैले तपाईको कामको प्रशंसा गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)दैनिक कार्यमा ढिलाई छ ।बिगतका समस्या आउने छन । सवारी साधन चलाउदा समस्या रहला । आर्थिक लेनदेनमा विवाद रहने छ । केहि रकम खर्च रहनेछ  । सहयोगि बाट धोका आउनेछ ।  स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)बिभिन्न भौतिक सामागी्र खरिद गर्ने समय  रहेको छ । आफन्तको भेटघाटले रमाईलो रहनेछ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज रहनेछ । आर्यआर्जनमा वृद्धि रहनेछ  ।  घर परिवारको सहयोग बाट कार्यमा योगदान रहनेछ ।  नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ रहनेछ ।                                                                     वास्तु ज्ञान

 मलमूत्र त्याग गर्ने स्थान कुनै पनि दिशाको केन्द्रमा हुनु हुँदैन ।शुची गर्ने स्थानलाई शौचालय भनिन्छ । मलमूत्र त्याग गर्ने स्थान घर भन्दा बाहिर वा भित्र नै भए पनि कुनै पनि दिशाको केन्द्रमा हुनु हुदैन । नैऋत्य र पश्चिमको बीच भागमा वा वायव्य र पश्चिमबीच वा नैऋत्य र दक्षिणमाझ हुनुपर्दछ । पूर्व वा उत्तर फर्केर शौच गर्ने व्यवस्था गर्नुपर्दछ ।

 

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार