२०८१ माघ १० गते बिहिवार

शिव मन्दिर व्यबस्थापन समितिको पाचौं बार्षिक साधारणसभा सम्पन्न



तुलसीपुर, ३ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनामा रहेको शोमनाथ शिव मन्दिर व्यबस्थापन तथा संरक्षण समितिको पाचौं बार्षिक साधारणसभा सम्पन्न भएकको छ ।

आज सोमबार एक कार्यक्रमको आयोजना गरी मन्दिर व्यबस्थापन तथा संरक्षण समितिले पाँचौ वार्षिक साधारणसभा गरेको हो ।

समितिका अध्यक्ष बासुदेव गौतमको अध्यक्षता तथा तुलसीपुर- १२ का वडाध्यक्ष खुसिराम चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभामा समितिका सचिव रामप्रसाद गौतम्ले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोकणर् प्रसाद आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको ।

समितिका मानार्थ सदस्या शान्तराज गौतम्को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सहजिकरण सहसचिव टंक प्रसाद देवकोटाले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार