२०८१ साउन ५ गते आइतवार

छुवाछूत विरुद्ध अभिमुखिकरण कार्यक्रम



तुलसीपुर-४ जेठ ।

तुलसीपुरमा छुवाछूत विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  वडा नम्बर १ मा आज(मंगलबार)सम्पन्न भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले जातीय विभेद तथा छुवाछूत गर्न नहुने  बताएका छन् ।

सामाजिक रुपान्तरणका लागि हाम्रो अभियानकाे आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सञ्चालित एक दिने अभिमुखिकरण कार्यक्रममा समाजलाई बलियाे बनाउन जातीय विभेद तथा छुवाछूतकाे अन्त्य हुनुपर्ने उनिहरूकाे भनाइ थियाे ।

जातकै आधारमा विभेद र छुवाछुत गरेकाे पाइएमा कानुन बमोजिम कार्वाहिका लागि सबै चनाखाे बन्नुपर्ने र यस्ताे कार्य कसैले नगर्ने  प्रतिबद्धता समेत जनाएका छन् ।

 संस्थाका सदस्य किरण विस्वकर्माकाे अध्यक्षता तथा  तुलसीपुर -१ का वडा अध्यक्ष हुमकान्त सापकोटाकाे प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम भएकाे हाे ।

प्रमुख अतिथि सापकोटाले समाजलाई मेलमिलापकाे वातावरण सिर्जना गर्न जातिय भेदभावकाे अन्त्य हुनुपर्ने  बताउनुभयाे ।उहाँले सबै जातजाति नेपाली नै भएकाले जातका आधारमा काेहि पनि ठुलाे वा सानाे नहुने बताउनुभयाे।

  कार्यक्रममा वडा सदस्यहरु गौरी नेपाली, मेघराज सोनि, शालीकराम खराल, ओबि केसी ,वडा सचिव हाेमजङ विक लगाएतले जातिय भेदभाव अमानवीय कार्य रहेकाले कसैलेपनि गर्न नहुने बताएका थिए ।

दलित र गैरदलित गरि  ३५ जना सहभागी  रहेकाे   अभिमुखिकरण कार्यक्रमकाे प्रशिक्षकमा सन्तोष परियार रहनुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार