२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा आफ्नै घरभित्र एक वृद्धा मृत फेला



तुलसीपुर,५असार ।

तुलसीपुरमा घरभित्र एक वृद्धा मृत अवस्थामा फेला परेकि छन्। तुलसीपुर उपमहानगरपालिका-७ ग्वारखाेला निवासी ५८ वर्षिय ठगी खनाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकास थापाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार खनाललाई आज(बुधावार)बिहान साढे ७ बजे घरभित्रै मृत अबस्थामा प्रहरीले फेला पारेकाे थियाे । खनाल आफ्नै एक तले टिनले छाएको कच्चि घरमा बस्दै आएकि थिइन् । बुधबार बिहान ७ बजेसम्म ढोका नखोलेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेकाे प्रहरीले उनलाई मृत अबस्थामा फेला पारेको थियाे खनाल पहिलेदेखिनै जन्डिसको बिरामि रहेको भन्ने बुझिएको छ ।श्रीमान नभएको तर छोराहरु संग छुट्टिएर खनाल एक्लै एक्लै बस्दै आएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार