२०८१ माघ ४ गते शुक्रवार

सेवार खाेलाकाे डाईभर्सन तत्काल मर्मत सम्भव भएन, बैकल्पिक मार्ग प्रयोग प्रसाशनकाे अनुराेध  



दाङ, २२ असार ।

अविरल वर्षाका कारण घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलाले डाईभर्सन बगाएपछि बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुराेध गरेकाे छ।

बाढी बढ्दै गएक‍ोले तत्काल मर्मत गर्न नसकिने अवस्था देखिएपछि बैकल्पिक मार्ग प्रय‍ोग गर्न प्रशासनले अनुराेध गरेकाे छ। यस्तै आवश्यक काम वाहेक आज यात्रा नगर्न समेत  अनुरोध  गरेकाे छ।

घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । सवारी साधनले वैकल्पीक बाटोको प्रयोग गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

सेवार खोलामा चार लेनको पुल निर्माण भइरहेको छ । पुल निर्माणस्थलमा डाईभर्सन नहुँदा यात्रामा सास्ती हुने गरेको छ । यस्तै हापुर खोलामा पनि पानीको बहाव बढेपछि साना सवारी साधनलाई आवागमनमा समस्या भएको छ ।

घोराही-तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन् ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार