२०८२ बैशाख ३१ गते बुधवार

रोटरि क्लब अफ दाङको सल्लाहकारमा पत्रकार भट्टराई चयन



दाङ,२८ असार।

रोटरि क्लब अफ दाङको बैठक (आज)शुक्रबार घोराहीमा सम्पन्न भएको छ । क्लबका अध्यक्षता प्रदीप सुबेदिको अध्यक्षतामा बसेको बैठकले पत्रकार निशानदाजु भट्टराई सस्थाको प्रेस सल्लाहकारमा चयन गरेको छ ।

त्यस्तै बैठकमा लायन्स क्लब अफ घोराही सिटिका अध्यक्ष ओबिन्द्र महरा र अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दाङ निबासी प्रदिप मजगैयालाई टिम म्यानेजर बनेर जान सफल भएकोमा खादा ओढाएर सम्मान गरिएको थियो। बैठकको सहजिकरण सचिब बुद्धिप्रकाश शर्माले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार