
तुलसीपुर,२९ असार ।
दाङमा जंगलबाट ल्याएको च्याउ खाँदा एक महिला बिरामी परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेका ७६ वर्षिय प्रेम कुमारी बस्नेत जंगली च्याउँ खाँदा बिरामी हुनुभएको हो ।
शनिबार दिउँसो जंगली च्याउँ लिएर घरमा पकाएर खाएपछि उहाँ बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक थापाका अनुसार बिरामी रहेकी आमासंगै उहाँको ३१ वर्षका छाेरा लाल बहादुर बस्नेतले पनि जंगलबाट ल्याएकाे च्याउ खानुभएको थियो तर उहाँलाई भने केही नभएको प्रहरीले जनाएको छ ।
प्रेम कुमारीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रेफर गरिएकाे छ ।उहाँकाे अबस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार