२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल २०८१ असोज ३ गते बिहीबार



मेष राशि – सम्बन्धमा दरारता आउला । अध्ययन अध्यापन सोचेअनुरुप हुने छैन । मन अस्थिर हुनेछ ।

वृष राशि – अधुरा कार्यहरु सहजै सम्पादन होलान् । मित्र सहयोग प्राप्त होला । यात्राको संयोग मिल्ला ।

मिथुन राशि – शिक्षा क्षेत्रमा सफलता मिल्ला । आर्थिक मामिलामा अलिक ख्याल गर्नुहोला।

कर्कट राशि – सामाजीक कार्यमा सक्रियता बढ्ला । स्वास्थ्यमा भने समस्या आउन सक्ला । बाणिको प्रशंसा होला।

सिंह राशि – पारिवारिक खुसी केही मात्रामा बढ्नेछ । आर्थिक पक्षमा सुधार आउला । प्रेम सम्बन्धमा सुधार सुमधुर होला।

कन्या राशि – स्वास्थ्यमा ख्याल राख्नुहोला । धार्मिक कार्यमा भने मन जाला । धैर्यताले गर्दा कार्यमा सहजता आउला ।

तुला राशि – यात्राबाट लाभ मिल्ला । व्यवसायमा नयाँ साझेदारीको सम्भावना रहला । सामाजीक प्रतिष्ठा बढ्ला ।

वृश्चिक राशि – घरायसी मामलामा ख्याल राख्नुहोला । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक पक्षमा अलि ध्यान दिन जरुरी छ।

धनु राशि – आत्मविश्वास बढ्नेछ । सामाजीक सक्रियता बढ्नेछ । आर्थिक उन्नति होला ।

मकर राशि – यात्रामा सतर्क रहनुहोला। वैदेशिक कार्य भने फलदायी रहलान् । स्वास्थ्यमा भने ख्याल राख्नु पर्नेछ।

कुम्भ राशि – स्वास्थ्य बिग्रन सक्छ । आर्थिक पक्षमा भने प्रगति होला । दाम्पत्य सुखमा कमी आउला । सामाजीक प्रतिष्ठा बढ्ला।

मीन राशि – अपेक्षित लाभको सम्भावना रहेको छ । खर्च बढ्नेछ । गोप्य शत्रु बढ्ने समय छ ।

वास्तु टिप्स
वास्तु अनुसार घरभित्र ट्वाईलेट हुनु शुभ मानिदैन । त्यसमा पनि ईशान दिशा, पूर्व दिशा वा नैऋत्य दिशामा छ भने सबैभन्दा खराब मानिन्छ । तसर्थ ती दिशा बाहेक अन्य स्थलमा भएको ट्वाईलेटमा फिट्किरी वा ढिके नुन राखेर पनि त्यसबाट आउने नकारात्मक उर्जालाई कम गर्न सकिन्छ । अन्यथा रोगी हुने, आलस्य बढ्ने, सामाजिक प्रतिष्ठा घट्ने आदि समस्या उत्पन्न हुन्छ ।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

 

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार